भाउजुको हत्या गरेको अभियोगमा पक्राउ

7 Mar

Knife

भक्तपुरको सिरुटार गाविस वडा नं. २ स्थित गाविस भवन नजिकै शनिवार बेलुकी आफ्नै भाउजुलाई कुटपिट गरि छुरा प्रहार गरेर हत्या गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चिया पसल संचालन गरेर बसेका राजु भन्ने तुईन कायस्थले शनिवार बेलुकी आँगनमा रहेको धारोमा पानी थाप्न घरको माथिल्लो तलाबाट आएकी जेठी भाउजु सुनकेशरी कायस्थलाई आफ्नै कोठामा लगेर कुटपिट पछि छुरा प्रहार गरि फरार भएको र राजुलाई घर नजिकबाट पक्राऊ गरिएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

पानी परिरहेको समयमा पानी भर्न आएकी भाउजुलाई आँगनबाटै तानेर आफ्नो कोठामा लगेर कुटपिट गरि छुरा प्रहार गरी भाउजुलाई पलङ मुनी लुकाएर फरार भएका थिए । अनुसन्धानमा खटिएका थिमि प्रहरीका अनुसार छुरा प्रहार गरेर फरार राजु राती पैसा लिन घरतर्फ आउँदै गर्दा एम्बुस थापेर बसेका प्रहरी टोलीले घर नजिकैबाट पक्राऊ गरेको हो । Continue reading

सिरुटार खुला दिशामुक्त गाविस

15 Sep

जिल्लाको सिरुटार गाविसलाई आज खुला दिशामुक्त गाविस घोषणा गरिएको छ । गाविसमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले सिरुटारलाई खुला दिशामुक्त गाविस घोषणा गर्नु भएको हो ।सरकारले देशभरलाई सन् २०१७ भित्र खुला दिशा मुक्त देश बनाउन सुरु गरेको अभियान अन्तर्गत भक्तपुरमा तिब्र रुपमा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने र सरसफाई एवं खानेपानीको क्षेत्रमा उल्लेख्य रुपमा विकास भएको बताउनुभयो । विकासका लागि अरुको मुख ताक्ने नभई सिंगो गाउँ एवं क्षेत्र अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।Siruwatar
कार्यक्रममा शहरी विकास मन्त्रालयका उपसचिव निरजचन्द्र झाले नेपालले धेरै पछाडि देशलाई खुला दिशा मुक्त बनाउने अभियान सुरु गरेकाले यसलाई सफल पार्न सबै निकायले सहयोग गर्नुपर्ने औल्याउनुभयो । देशभर ८५ प्रतिशत घरधुरीले खानेपानीको पहुँचमा पुर्याएको बताउँदै उहाँले सफा र स्वच्छ खानेपानीको पहुँच सबैमा नपुगेकाले यसका लागि स्थानिय निकायले पहर सुरु गरे मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । Continue reading

भीआईपी बसाइले बालकोटको सानै बेग्लै

21 Jul

काठमाडौं आफैंमा भीआईपी बस्ने ठाउँ । हरेक वर्गका मानिसको उत्तिकै चहल–पहल हुन्छ, देशकै राजधानीमा । तर, यही काठमाडौं छेउकै भक्तपुरको ‘अधिकांश भीआईपी बस्ने क्षेत्र कुन हो त ?’ प्रसंग रमाइलो छ । हो, अहिले बालकोट गाविस ‘भीआईपी’का आकर्षणको केन्द्र बन्दै छ । उपत्यकाका गाविसमध्ये बालकोट सबैको मुखमै झुन्डिन थालेको छ । भीआईपी बस्ने मुख्य थलो बन्दै बालकोटले भक्तपुरकै नाक उचाल्दै छ ।

राजधानी काठमाडांैबाट करिब ९ किलोमिटर र भक्तपुर सदरमुकामबाट ७ किलोमिटर दूरीमा पर्छ, बालकोट । पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, प्रशासक, सेना र प्रहरीका उच्च अधिकारी, पत्रकारदेखि विशिष्ट व्यक्तित्वको बसोबास बन्दै गएको छ, बालकोट । एमालेका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री केपी शर्मा ओली बालकोटकै हुन् । भर्खरै एमालेबाट एमाओवादीमा प्रवेश गरेका पूर्वमन्त्री उर्मिला अर्यालको निवास पनि यहीं छ । Continue reading

बजेट छ, बाटो बन्दैन

21 Jul

IMG_8830

एउटै सडकमा पाँचवटा शीर्षकमा बजेट परे पनि तद्अनुरूप काम नहुँदा जिल्लाको कौशलटार-बालकोट-सिरुटार सडक जीर्ण बनेको छ । आर्थिक वर्ष २०६९/०७० मा पहुँचको आधारमा एउटै सडकमा विभिन्न पाँचवटा शीर्षकमा बजेट परे पनि ठेकेदारले काम नगरेपछि अहिले कौशलटारबाट बालकोट हुँदै सिरुटार जाने एकमात्र मुख्य सडक जीर्ण हुँदा पैदल यात्रुदेखि सवारी आवागमनमा समेत बाधा पुग्न थालेको छ

राष्ट्रिय योजना आयोगको रातो किताबमा कौशलटार-बालकोट-बिरुवा सडक कालोपत्रे र नाली बनाउन पाँचवटा योजना परे पनि आव २०६९/०७० कुनै पनि काम हुन नसकेपछि कालोपत्रे सो सडक खाल्डो नै खाल्डो भएर जीर्ण भएको हो ।

बालकोट सडकको काम पूरा गर्न डिभिजन सडक कार्यालय भक्तपुरले गत पुसमा ठेक्का लगाए पनि कुनै पनि ठेकेदारले काम गरेका छैनन् ।

फरक-फरक व्यक्तिको पहुँच र भनसुनका आधारमा एउटै सडकमा पाँचवटा योजना परे पनि काम हुन नसकेपछि स्थानीय बासिन्दाले डिभिजन सडक कार्यालय भक्तपुरलाई पटकपटक सडक निर्माण गर्न आग्रह गरेका थिए । तर कार्यालयले कुनै पनि ठेकेदारलाई काममा लगाउन सकेको छैन । Continue reading

पत्रकार गिरीलाई मातृशोक

9 Jun

सिरुटारका पत्रकार रमेश गिरीलाई मातृशोक परेको छ। उहाँकी आमा मोहनकुमारी गिरीको शनिबार बिहान ३ बजे आफ्नै निवास सिरुटार– १ मा हृदयाघात भइ निधन भएको हो । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो।

स्व. गिरीका एक छोरा र दुई छोरी छन्। उहाँका छोरा रमेश गिरी राससको भक्तपुर जिल्ला समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ।

मतदाता परिचयपत्र अभियान फेरि सुरु

19 May ID card

तपाईंले मतदाता परिचयपत्रका लागि आफ्नो नाम दर्ता गराउनुभयो? छैन भने अब गराउनुहोस् । भक्तपुर जिल्लामा मतदाता परिचयपत्र बनाउने अभियान फरि सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि फोटोसहितको मतदाता परिचयपत्र बनाउने र नागरिकता वितरण अभियान पुन थालेको छ ।

पुन थालिएको यो अभियान १७ दिनसम्म चल्नेछ । कोहि पनि नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले यो अभियान थालिएको हो । Continue reading

भक्तपुरमा मतदाता नामावली दर्ता गर्ने डेढ लाख

14 May

ID cardभक्तपुर जिल्लामा मतदाता नामावली संकलन कार्य उत्साहजनक रूपमा अगाडि बढेको निर्वाचन आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएपछि गाउँ–गाउँमा फोटोसहितको मतदाता नामावली दर्ता गर्ने मात्र नभई चुनावी माहोल नै देखापरेको छ । विभिन्न राजनीतिक दल, नागरिक समाज, गाविस सचिवलगायतलाई तालिम प्रदान गरी मतदाता नामावली संकलन कार्यलाई अगाडि बढाएको भक्तपुरमा पछिल्लो समय प्रशासनले घुम्ती शिविरमार्फत मतदाता नामावली संकलन गर्दै आएको छ । जिल्लाका विभिन्न घुम्ती शिविरमा मतदाता नामावली संकलन कार्य उत्साहजनक रूपमा अगाडि बढेको पाइएको छ । Continue reading